विश्व समाचार

फोक्सोमा पुगेपछि ओमिक्रोन डेल्टा भेरियन्टभन्दा सात गुणा कमजोर

दक्षिण अफ्रिकाबाट विश्वका ६ दर्जनभन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिको डेल्टा भेरियन्टको तुलनामा श्वासप्रश्वास मार्गमा ७० प्रतिशतले वृद्धि हने भए पनि फोक्सोमा पुगेपछि भने कमजोर हुने चिनीयाँ अनुसन्धानकर्ताहरुले बताएका छन् ।

चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो । उक्त अध्ययन अनुसार ओमिक्रोन भेरियन्ट श्वासप्रश्वास मार्गमा डेल्टाको भन्दा ७० गुणा वृद्धि हुन्छ । तर फोक्सोमा पुगेपछि ओमिक्रोन वृद्धि हुने प्रक्रिया अन्य भेरियन्टभन्दा १० गुणाले घट्ने छ ।

अनुसन्धानकर्ताले सार्स कोभ २ को ओमिक्रोन भेरियन्ट मुख्य श्वास नलीमा डेल्टा र सुरुको सार्स कोभ २ भन्दा ७० गुणा वृद्धि हुने पत्ता लगाएका छन् ।

अन्य भेरियन्टभन्दा ओमिक्रोन मानिस मानिसबीच चाँडो फैलिनुको कारण यही हुनसक्छ । तर, फोक्सोका कोषमा पुगेपछि भने ओमिक्रोन वृद्धि हुने प्रक्रिया अन्य भेरियन्टभन्दा १० गुणाले घट्ने अनुसन्धानले देखाउँछ ।

यही कारण अन्य भेरियन्टको तुलनामा ‌ओमिक्रोनका संक्रमित गम्भीर अवस्थामा पुग्ने संभावना कम रहेको हुन सक्ने अनुसन्धानकर्ताको जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

अनुसन्धानमा संलग्न प्रमुख वैज्ञानिक डा माइकल चाङ चि वाईले आफूहरूको पछिल्लो अध्ययनबाट ओमिक्रोनले खोप लगाएका कारण र यसअघिको संक्रमणपछि विकास हुने इम्युनिटी छल्न सक्ने देखिएको हुँदा यसको समग्र जोखिम धेरै रहेको बताउनुभएको छ ।

हङकङ विश्वविद्यालयमा गरिएको पछिल्लो अध्ययनको स्वतन्त्र विश्लेषण (पिअर रिभ्यू) हुन भने बाँकी छ । तर आफ्नो अध्ययनले ओमिक्रोनको असर अनुमान गर्न सघाउने अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.