राजनीति

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गर्नुभएको सिफारिशबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको हो ।

यस्तै बनेपाली कांग्रेसका नेता नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताउनुभएको छ । थापाले संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै जुन तरिकाले संसद विघटन सिफारिस भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ । संविधान बनाउँदै गर्दा यस्ता जालझेल रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्मत नरहेको बताउनुभयो ।

थापाले संसद विघटनको सिफारिशलाई अदालतले परीक्षण गर्ने र परीक्षणले जे निर्णय दिए पनि नेकपाले पाएको जनमतको वैधता भने सकिने बताउनुभयो । ३ वर्ष अगाडि नागरिकले जुन प्रचण्ड बहुमत दिएका थिए, त्यसको वैधता सकियो । यदि यो संसद रह्यो भने पनि नेकपाको बहुमत प्राविधिक मात्र हुनेछ ।

संसद विघटन संविधान विपरीत मात्र नभएर राष्ट्रघाती कदम भएको विभिन्न दलका नेताहरुले बताएका छन् । कानुनविद तथा राजनीति नेताहरुले प्रधानमन्त्री ओलीलाई संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.