खेलफूटबल

नेपाल सुपर लिग फुटबल : इलामद्वारा ललितपुर १-० ले पराजित 

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

इलामद्वारा ललितपुर १-० ले पराजित 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.