राजनीति

"एमाले छिरेका प्रचण्ड उपाध्यक्ष सरहका मान्छे हुन्" : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूबिरुद्ध देशी विदेशी शक्ति मिलेर षड्यन्त्र गर्ने तथा सरकारलाई काम गर्न नदिने भएपछि ताजा जनादेशमा जानु परेको बताउनुभएको छ ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरूलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशीविदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको बताउँदै उहाँले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ त्यो भनेको उपाध्यक्ष सरहको हो ।अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे ! अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू नै भएको र उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने छु ।”

प्रधानमन्त्री ओलीले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गर्दै भन्नुभयो ‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि१’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.