राजनीति

काँग्रेस केन्द्रीय कार्यालयमा सर्वदलीय बैठक बस्दै

कांग्रेस

कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । आइतबार कांगेस, नेकपाका प्रचण्ड नेपाल गुट तथा जसपाबीच सरकारको एक भएर बिरोध गर्ने निर्णय गरेका थिए ।

यसबीचमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार अपराह्न ४ः०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको प्रतिनिधिसभा विघट्नको सिफारिसअनुसार राष्ट्रपतिले सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.