जापान

एनआरएनए जापानको अनलाइन बैठक : नेपालीहरुको बीमा गराउन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमितिको विशेष अनलाइन बैठकले विविध निर्णय गरेको छ । अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । डिसेम्बर-१९ मा बसेको बैठकले छात्रवृत्ति, नेपालीहरुको स्वास्थ्य बीमा लगायतका विषयमा निर्णय गरेको छ ।

बैठकले एनआरएनए जापान र मिराई लाइफ इन्स्योरेन्सबीच भएको सम्झौता कार्यान्वयन सम्बन्धमा क्षेत्रीय उपाध्यक्ष दिपक कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिमा परिषदको क्षेत्रीय सचिव, एकजना केन्द्रिय सदस्य र क्षेत्रीय संयोजकहरु सदस्य रहने गरी १३ सदस्यीय समिति बनाई हरेक क्षेत्रमा बसोवास गर्ने नेपालीका बीमा गर्न पहल गर्ने निर्णय गरिएको छ ।

समितिमा संयोजक दिपक कार्की रहने गरि सदस्यहरु विकाश बस्नेत (क्षेत्रीय-सचिव), राकेश रुन्बा (संयोजक-कान्तो), देवराज उप्रेती (संयोजक-क्युस्यु), कृष्ण गैरे (संयोजक-कान्साई), श्याम शितल (संयोजक-नागोया), दिपक सुनार(संयोजक-निगाता), विजय कार्की (संयोजक-नागानो), विश्व सुबेदी (संयोजक-चिवा), रमेश क्षेत्री (संयोजक-सिजुओका), कुमार लामिछाने (संयोजक, गुन्मा), प्रितम गर्वुजा (संयोजक,ओकिनावा), महेशकुमार कटुवाल (सदस्य, केन्द्रिय-समिति) रहनु भएको छ ।

बैठकले आईएचएनओ विद्यार्थी छात्रवृत्तिका लागि आवेदन दिएकाहरुमध्ये पहिलो छात्रवृत्ति पाइसकेकाहरुलाई नदोहोर्याउने गरी छनोट गर्न आईएचएनओलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी बैठकमा कोषाध्यक्षले आर्थिक विषयमा जानकारी गराएअनुसार बैंकको पासबुक र अन्य कागजात आर्थिक अनियमितता माथि बनेको छानविन समितिलाई दिइएकाले विगत एक महिनाको हिसाब किताब दुरुस्त नभएको जानकारी गराइएको थियो ।

मिराई लाईफ बारे थाहा पाउन तलको लिंकमा जानुहोस
के हो मिराई लाईफ? (भिडियो)
अनलाइन बैठकले विविध निर्णयहरु
12_19 WC Online meeting minute

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.