राजनीति

मिलन पाण्डे विवेकशील साझाबाट निष्काशित

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशन गरेको छ । आज अध्यक्ष रवीन्द्र मिश्रले पाण्डेलाई कारबाही गरिएको पत्र पठाउनुभएको हो ।

पत्रमा कारबाहीको कारण पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको जनाइएका् छ ।

पाण्डेलाई यही मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण मागिएको तर चित्त बुझ्दो जवाफ नआएकाले कारबाही गरिएको बताइएको छ ।

पाण्डेलाई पार्टीले दिएको समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक स्पष्टीकरणमा सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको, उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।

त्यसै गरी पाण्डेलाई प्रयोग गर्दै आएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी समेत गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.