राजनीति

एउटै पार्टीको दुई केन्द्रीय समिति बैठक बस्दै : विभाजनको औपचारिक तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको दिशामा केन्द्रित भएको छ । आज मंगलबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आआफ्ना पक्षका केन्द्रीय सदस्यको बैठक बोलाउनुभएको छ ।

संसद विघटनपछि लगभग विभाजन भैसकेको पार्टीमा दुबै पक्षले सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले मंगलबार केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् ।

दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् । सोमबार प्रधानमन्त्री ओलीले आफू नेकपाको अध्यक्ष रहेको र प्रचण्ड उपाध्यक्षसरह भएकाले उनले बोलाएको बैठक आधिकारिक नहुने बताउनुभएको थियो । उता प्रचण्डले ओलीलाई कारबाही गरिसकेकाले अध्यक्ष नरहेको बताउँदै आउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ । प्रचण्ड पक्षका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले ओलीलाई कारबाही गर्ने निर्णय यसअघि नै स्थायी कमिटीको बैठकबाट भइसकेकाले त्यो निर्णयलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.