बिचार

दुई टाउको एक पेट भएको “भारुण्ड” चराको नियति र नेकपा

– तारा सुवेदी –

“एकोदरा पृथग्रग्री वा अन्योन्य फल भक्षिण- असंहता विनश्यन्ति भारुण्डा इव परिक्षणः”। अनुवाद- “एउटा पेट दुईवटा मुख र घाँटी भएका ‘भारुण्ड’ पक्षी आपसमा एउटा फलका लागि झगडा गर्दाको परिणाम आखीरमा दुबैको मृत्युभयो ।”

उक्त श्लोक एउटा कथासँग जोडिएको छ । कथा यस्तो छ – पेट एउटै तर घाँटी र मुख (चुच्चो) फरक फरक भएर जन्मे हुर्केका पक्षी (चरा) कुनै एउटा विशाल सागर जस्तो ठूलो नदी किनारामा बस्दा रहेछन् । त्यसरी जन्मदै पेट एउटै भएर जन्मे, हुर्के, बढेर लामो जीवनसम्म अभिन्न भई बाँचेका भारुण्ड नामको चराको अगाडि कतैबाट एउटा फल बग्दै आएछ । त्यो फल एउटा मुखले लिएर एक्लै खाँदै गरेको अर्काे टाउको र मुखले देखेछ ।

त्यसपछि फल खाँदै गरेको अर्काे मुखलाई भनेछ “हेर ! तिमीले निकै मीठो मानेर त्यति ठूलो फल एक्लै खाइरहेको छौ । “अलिकति मलाई पनि देउ न ! “खाइरहेको टाउको वालाले भनेछ” आखीर मैले खाए पनि र तिमीले खाए पनि जाने एकै ठाउँ एउटै पेटमा हों ! बरु निकै मिठो रहेछ, मेरो पोथीलाई निकै मनपर्ने हुँदा अलिकति बचाएर उनैलाई लगिदिन्छु” भनेछ । यसपछि ती दुई टाउका बीच “रीसईबी र वैर–विद्वेष बढ्दै गएछ । शत्रुता, रीस, राग विद्वेष, विद्रोह बढ्दै जाँदा अन्त्यमा सर्वनाश हुन्छ” भन्ने थाहा हुँदाहुँदै पनि त्यो मिठो फलको स्वाद चाख्न नपाएको मुखले अर्काेसँग वदला (प्रतिशोध) लिई छाड्ने सोच बनाएछ । संयोगले केही कालपछि त्यही किनारमा एउटा वीष फल त्यसरी नै बग्दै आएर किनारा लगेछ । त्यो फल लिएर उस्ले हाकाहाकी” तिमीले पहिले मीठो फल खाँदा जसरी मैले माग्दा माग्दै नदिई एक्लै खायौं । बरु आफ्नो “पोथी बचेराहरुलाई” भनेर साँच्यौ, मलाई दिएनौ । अब मैले एक्लै यो वीष फल खान्छु” भनेर खाएछ । त्यसको परिणाम जे हुने हो त्यही भएछ । अर्थात् एउटै पेटाभित्र पुगेर शरीर भरी वीष लाग्यो । दुवै टाउकोको एकै चिहान भयो ।

त्यो झण्डै कम्तिमा डेढ–दुई हजार वर्ष अगाडिको कुनै पौराणिक कथा थियो कि पञ्चतन्त्रमा लेखिएको कथा थियो ? त्यसतकाको समाज समुदायमा त्यस्को के कस्तो ? शिक्षा दिएको थियो ? थाहा भएन । तर त्यसले समाज, परिवारलाई मात्र होइन । राज्य संचालकहरुकाबीच पनि “एकता, आत्मीयता र वन्धुत्वको कस्तो सन्देश दिएको थियो” भन्ने अहिले सहजै अनुमान लगाउन सकिन्छ ।

“सर्वे भवन्तु सुखिन : सर्बे सन्तु निरामया”

सर्वे भद्राणि पश्यन्तु माकाश्चित : दुःख भाग्जन :”

र, “वसुधैव कुटुम्बकम्”

“सहना भवतु सहनौ भुनक्तु सहवीर्यं करवावहै”

को उच्चम आदर्श शिक्षा, दिने तत्कालिन समाजका लागि उक्त आदर्शको अनुशीलन नगरेको परिणामलाई “भारुण्ड” पक्षीका घटनालाई एउटा “प्रतिकात्मक” रुपमा प्रस्तुत गरिएको पौराणिक वा नीति कथा पनि हुन सक्छ । त्यसको सत्यता, यथार्थताको संपरीक्ष हुन गर्न नसंभव छ । न यहाँको उद्देश्य र लक्ष्य हो । त्यो जे जस्तो भएपनि प्रतिकात्मक रुपमा त्यसलाई लिँदा वा मान्दा त्यो सामाजिक, पारिवारिक, सामुदायिक, धार्मिक आदि जीवन र जगतको परिवेश परिप्रेक्ष्यमा कति शाश्वत देखिन्छ, भन्नेतिर केन्द्रित भएर हेर्नु आजको आवश्यक हो भन्ने लाग्छ ।

नेपालको समग्र परिप्रेक्ष्यमा त्यसबाट सिक्नैपर्ने धेरै कुरा छन् भन्ने लाग्छ । आज सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, भाषिक, लैङ्गिक, भौगोलिक, जस्ता हरेक क्षेत्रलाई नियालेर हेरौं । सम्पूर्ण क्षेत्रमा “भारुण्डवादी” सोच, संस्कार, चरित्र, मनोवृत्ति, डढेलो झै संग्रालिँदै गएको अथवा वनमारा भन्दा बढी मौलाएर गएको यत्र, तत्र, सर्वत्र देख्नुपरेको छ । “वैर, विद्वेष, शत्रुताले मित्रता, आत्मीयता, सहिष्णुता, एकात्मकभाव जस्ता मानवता सँग जोडिएका सम्पूर्ण तत्व निमिट्यान्न पार्ने” चरम परपीडक प्रवृत्तिलाई स्थापित गर्नेमा एकलव्यीय लक्ष्य बोकेर तीब्ररुपमा अगाडि बढ्दै गरेका व्यक्ति, शक्ति, तत्व त्यस्तै सर्वनाशी विकृति एवं दरिद्र चिन्तनले संस्कृति र नेपालीको जीवन पद्धतिको रुप लिएको देखिदै छ ।

तर ती सबै क्षेत्रभन्दा अझ सयौं वर्षयताको राज्य शासन नियन्ताहरुका प्रत्येक क्षण र उनीहरु बाँच्ने, सोच्ने, समग्र आधार नै परपीडा एवं प्रतिशोधमा अडेको कुरा इतिहास सिद्ध छ । कल्पना गरौं, विचरा भारुण्ड नामका ती चराहरुको इष्र्या, वैर, विद्वेश, वदला लिने (प्रतिशोधात्मक) प्रवृत्ति परक मनोवृत्तिले कहाँ पु¥याउँछ थाहाँ छैन । तर आज– खास गरी नेपालका ठूला साना दलहरुभित्र जसरी मौलाउँदै र लहलाउँदै गएको देखिन्छ, त्यसको गंगोत्री वा नालीवेली धेरै लामो देखिन्छ र मध्यकालीन युरोपको इतिहासदेखि मध्य एशिया हुँदै सुदूरपूर्वी एशियासम्म धेरथोर फैलिएको, पुगेको विश्वास गर्नुपर्ने हुन्छ । त्यो सम्पूर्ण पाटो र बाटोतिर नगई नेपालमा मल्लकालीन शासकहरुका राज परिवारहरुबाट राजकाजको अख्तियार खोस्ने, खोज्ने र वैध, अवैध, विधि, पद्धति, प्रकृयाभन्दा षड्यन्त्र छलकपट, जालझेल हुँदै आयो । छोड्नै पर्नेले पनि सत्तो नखोसिएसम्म नछोड्ने आजको मिति सम्मका घटनावलीहरुलाई सर्सर्ती नियालौं । धेरैले आफू सुरक्षित भए सत्ता र शक्ति हत्याएकाको हत्या गरेर शासन शक्ति हात पारेका भए पनि केहीले भने रीस, आवेश, आक्रोशमा आत्मघाती बाटो लिंदै प्रतिशोधात्मक उद्देश्य पूरा गरेका देखिन्छ ।

त्यस्तो “भौतिक प्रतिशोधात्मक कार्य”को जिउँदो ज्वलन्त उदाहरण २०५८ जेठ १९ गतेको नारायणहिटी राजदरभित्र भएको (अझै रहस्यको पेठारोभित्र रहेको) शाही राजपरिवार हत्याकाण्डलाई मान्नु पर्ने देखिन्छ २०५२ सालदेखिको सशस्त्र जनविद्रोहभन्दा पहिलेको २०५१ असार २६ गतेको (दोश्रो जनआन्दोलन पछिको) पहिलो संसदसँगै असमयमा नै संसद र (प्रतिनिधिसभा सहित प्रधानमन्त्रीले आफ्नै पदको आयु सिध्याउने गरिएको “विधिसम्मत आत्महत्या” अर्काे भारुण्ड चरित्रको उदाहरण मान्नु र ठान्नु पर्ने हुन्छ । त्यतिमात्र होइन । नेपालका ठूला सानादलहरुका गतिविधि र कार्यहरुलाई नियालौं–

“एकोदरा पृथग्ग्रीवा” लाई अलिकति समसामायिक स्वरुप दिएर भनौं ! अथवा समय सापेक्ष सुधार, संवादित रुपमा भन्ने हो भने–

“एको दला पृथक्नेता एकैव फल (सत्त)लोलुपाः

असंहता स्वयं नष्टा : भारुण्डा इव पक्षिणः”

(एउटै दर्शन, सिद्धान्तमा दर्शन, विचारमा प्रतिवद्ध भएर पनि “सत्ता, शक्ति र स्वार्थसिद्धि रुपी फलको लागि हानाहान र मारामार गर्दै पार्टीलाई नै ध्वस्त पार्ने, छिन्नभिन्न गर्ने काम नेपाली काँग्रेस, रा.प्र.पा., सद्भावना, ने.क.पा. एमालेको नेतृत्वतहमा पुगेका कतिपय व्यक्तिहरुले पहिलेदेखि जुन गरे– आज पनि त्यस्तै आत्मघाती नीति आजका ठूला, साना, सत्ता भित्र र बाहिर सबै नेताहरुबाट अख्तियार गरिँदै गरेको देखिन्छ ।

त्यति सब हुँदाहुँदै पनि हिजो “सिद्धान्त, विचार, रणनीति, कार्य, नीतगित विचलनको धोती र वर्काे ओडेर एकले अर्कालाई अर्घेलो देखाउथे । आफ्नो लाज, शर्म र इज्जत एवं लोकायवादबाट आफू सुरक्षित, उन्मुक्त, निर्दाेषि र निस्कलंकित भएर रहेको पाखण्ड प्रदर्शन गर्ने जमर्काे सम्म गर्दथे ।” तर सायद त्यस्तो धोती वा बर्काे बेरे नै किन ‘मोही माग्ने ढुंग्रो लुकाउने’ गर्ने भन्ने सोचेर हो अथवा “आखीर, हम सब नङ्गे है” भन्ने ठाने–संझेर हो ? अत्यधिक नेताहरुले आ–आफ्नो पार्टीको, दलको संगठनात्मक मझेरी र दलानभित्र मात्र नभई सडकमा नै दुनियालाई, देखाउने र हँसाउने गरी आआफ्नो नैतिकताको लोकापवादको पटक्कै डर, धक नमानी धोतीधरोे फालेर सत्ता, शक्ति र स्वार्थको खोसाखोसमा लाप्पा खेल्ने मात्र होइन, प¥यो भने आत्मघाती जुनसुकै पनि उपाय अवलम्बन गर्न ‘यत्किञ्चित’ संकोच नमान्ने हदमा देखापरिसकेका छन् ।

तथापि जसरी विजविहिन मात्र नभई पानी र गुदी सडेकुहेको भए पनि बाहिरी खपटा र जटाले ढाकेको नरीवल सधैं सावुत स्थितिमा देखिन्छ, ठीक आज प्रदेश, नगर मात्र नभई वडा तहसम्मकै हजारौं कार्यकर्ताले कुनै न कुनै रुपमा “संघीयता, ल्याएपछि प्राप्त गरेको फलको आधार (भेट्नो वा उभिण्डो) टुट्नबाट रोकिराखेकोले” सबै आ–आफ्नै परिसीमाभित्र सुरक्षित देखिएको जुन अवस्था छ सायद त्यही एक कारणले अन्यथा परिस्थिति उत्पन्न भएको नदेखिएला ।

दुर्भाग्य ! त्यसरी ! त्यो भारुण्ड पक्षीबाट “अहँ” को तुष्टि वा तृप्तिका निम्ति आत्मघाती, प्रतिशोधका शिक्षा आजसम्म यो देशका अधिशासक प्रशासक, नेता कार्यकर्ताहरु लिए । तर “अहं, लोभ, लालच, विद्वेष, रीस, प्रतिशोधको परित्याग गर्नुपर्ने” शिक्षा आजका ती महान् नेता (गान्धी, माओ, वी.पी, पी.एल्. मदन)का माला जप्ने कसैले लिएको देखिएन । बरु झण्डै लाखौंमा एक, आधा दर्जन बाहेकले त्यस्तो त्यागको नाममा विधि, पद्धतिमात्र होइन । लाज, शर्म, इमान्दारीता नैतिकता र मल वाहेक केहीे त्याग गरेको देखिएन । पहिल्लो जीवन्त साक्षी के.पी.जी. नै हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.