बिचार

नक्कली र स्वार्थपूर्ण 'इङगेजमेन्ट' तोडिनु थियो- तोडियो

दिपेन्द्र अधिकारी

गर्ल्याम गुर्लुममै आउन खोजेको उपध्रो न रोकेर रोकिन्छ, न छेकेर छेकिन्छ- चारैतिर उथल पुथल पार्न आउँछ आउँछ । अनि त्यसबाट उत्पन्न हुने हरेक घट्नाहरू दुःखदायक नै हुन्छन् र इतिहासले त्यही देखाएको छ । तर, प्रगतिशीलहरू आजको पीडामा धेरै भुल्ने हैन भोलिको सुन्दर नेपालको भविष्य बनाउने बाटोमा दौडिने हो ।

माक्र्सवादले भन्छ हरेक परिस्थितिको सामना गर्ने हिम्मत राख्नुपर्छ र सोच गतिशील बनाउनु पर्छ । पुरानो ढलेपछि झन आधुनिक वैज्ञानिकक संरचनाको निर्माण गर्ने अबसर संगै आउँछ । हिजोको गल्तीको कारणसहित जनतासंग माफी मागेरै, निर्धक्क जनतासंग आफ्ना नयाँ योजना राखेर फेरी जनताबाट चुनिएर आउने हिम्मत गर्नु एक किसिमले जनताको बहुदलीय जनवादको बलियो पक्ष हो । यसको आधारमा नेपालमा जनताको बहुदलीय जनवाद राम्रैसंग स्थापना भएको छ । अधिनायकवादी हुन्छन वामपन्थीहरू भनेर जुन भ्रम फैलाइएको थियो त्यसको गतिलो जवाफ हो ।

कम्युनिस्टको लेनिनवादी, माओवादी सिद्धान्त र कार्यशैलीहरू विस्तारै नराम्रा पक्ष हराउँदै जान्छन्, तर राम्रा पक्षहरू माक्र्सवादको सिद्धान्त अनुसार बिकसित हुदै जान्छन् । किनभने कार्ल माक्र्सले सिद्धान्त दर्शन वनाउँदा नै हर बखत, श्रम र मानवताको रक्षा गरेर लेख्नुभएको छ । समाज जति बिकसित हुँदै गए पनि श्रम र मानव सिद्धान्त दह्रो भएन भने राज्य प्रभावशाली हुँदैन । नयाँ परिस्थिति अनुसार माक्सैवादी सिद्धान्तबाट नै विस्तारै संसारमै पूर्ण साम्यबादसम्म पुगिने परिकल्पना गरिएको छ । समय लाग्छ तर यो मानव विकासको चरम विन्दू हुनेछ । आजका लागि जनताको बहुदलीय जनवाद नै समय सुहाउँदो उत्कृष्ट सिद्धान्त हो भनेर नेपालमा प्रमाणित भएको छ । विश्वका अन्य देशले जनताको बहुदलीय जनवादको अनुसरण गर्ने थालेका पनि छन् ।

नेपालको इतिहास र भौगोलिक स्थिति हेर्दा अन्य देशहरूभन्दा पृथक छ । प्रकृतिको वरदानले भरिएको देशमा अथाह सम्भावनासंगै सतीले सरापेको देशको श्राप पनि छ । कुनैवेला सर्वमान्य नेता गणेशमान सिंहले काठमाडौंका जनता भेडा हुन् भनेका थिए । आशय थियो गोठालाको हरियो घाँसको पछि पछि लाग्छन् । उहाँले यसो भन्नुको कारण पटकपटक आन्दोलनबाट प्राप्त परिवर्तनबाट हात धोइराख्नु परेको मर्म पोख्नुभएको जस्तो लाग्छ । पक्कै पनि देशभक्तिको भावना प्रत्येक नागरिकको रौ रौ मा छ यो पुरानो इतिहासको प्रभाव पनि हो, तर पटकपटक छिमेकीको दबाबमा, प्रलोभनमा पारिने, मदन भण्डारी जस्तो देशभक्त नेताहरू षड्यन्त्र गराएर मारिने, पैसाले किन्ने, एकआपसमा लडाउने खेल राणाको शासनदेखि आजसम्म चलिरहेको छ । प्रजातन्त्र ल्याउने शक्तिहरू लडाएर, बीचैमा माओवादी छापामार युद्ध गर्न पुग्यो । राजदरवारभित्रै षड्यन्त्रमूलक आन्तरिक कलह गराएर राजतन्त्र अन्त्यसम्म गराउने खेल भयो ।

माओवादी आन्दोलनले न पूर्ण सफलता प्राप्त गरेको थियो न त आत्मसमर्पण गरेको थियो । यता राजपरिवारको हत्यापछि बनेका नयाँ राजाले प्रजातन्त्रलाई कु गरेका कारण सबै राजनीतिक दलहरू र माओबादीबीच संयुक्त मोर्चा १२ बुँदे सहमति दिल्लीमा तयार भयो । अन्त्यमा राजतन्त्र गयो, गणतन्त्र आयो । माओवादीको जनक्रान्ति सफल भयो । जनक्रान्ति माओवादी सिद्धान्त अनुसार गरे पनि, अन्त्यमा सफलता विभिन्न दलहरूसंगको सहकार्यले भएको हो । यो एक किसिमले प्रचण्डवादले जनताको बहुदलीय जनवादको सिद्धान्त अंगालिसकेको छ भने पनि अन्याय हुँदैन ।

मदन भन्डारीको जनवाद भन्न हिच्किचाहट मात्र थियो । व्यवहार र बानीमा १८० डिग्री फरक दुई नेता केपी ओली र प्रचण्डको एक भए । यसमा स्वार्थ पक्कै मिसिएको छ र सहमतिमा पार्टी एकताको घोषणा भयो । स्वार्थ राम्रो थियो कि नराम्रो थियो त्यो भोलि इतिहासले बताउछ ।

प्रायः कम्युनिष्टहरू फुट्छन्, टुट्छन् यो सामान्य प्रक्रिया हो । सिद्धान्त मिलेन भने नैतिकताको आधारमा फुट्छन् नै । तर यसपटकको नेकपा विवाद अलि फरकखालको भयो । भविष्यमा कुनै घट्ना हुने आँकलन, त्यसपछि आफू हावी हुन सक्छु भन्ने स्वार्थ एउटा । पटकपटक छिमेकी देशले नेपालमा नाकाबन्दी गरेर नेपालको आन्तरिक जीवनमा हस्तक्षेपबाट आजित भएर शसक्त रूपमा उभिएका केपी ओली जनताबीच लोकप्रिय भए ।

इतिहासमै चीनसंगको पारवाहन सन्धि समेत गरी, भूपरिबेष्ठित देशले पाउने अधिकार सुरक्षित गर्न सफल रहे । दुवै छिमेकी देशसंग सन्तुलित सम्बन्ध राख्न सफल हुनुभयो । अझ उनको चाहाना दुई ठूला पार्टी एक भएर शसक्त सरकार बनाएर नेपाललाई समृद्धिको बाटोमा लैजाने अठोट नै वोलीको स्वार्थ थियो ।

अन्ततः केपी ओली स्वास्थ र शारीरिक रुपमा सशक्त हुँदै गए । यहींबाट सुरू हुन्छ आफै खस्ला र टिपौला भन्ने लुकेको रहस्यमय षड्यन्त्र । यही शक्तिहरूले नयाँ षड्यन्त्रको खेल सुरू गरे । तत्कालीन एमाले पहिला सहमतिमै अध्यक्ष महासचिव चुन्ने चलन भए पनि केपी ओली अध्यक्ष हुने बेलामा चुनावबाट अध्यक्ष भएका थिए । सबै नेताहरू पार्टी आन्तरिक संगठित सदस्य, कार्यकर्ताबाट चुनिएर बनेका थिए । एमाले पार्टीभित्रै पूर्ण लोकतान्त्रीक पद्धति थियो । महाधिबेसनमा सशक्त गुट मोर्चा गरे पनि, परिणाम आएपछि त्यसलाई स्वीकारी नेत्तृत्वको अधिनमा रहेर संगै बसेर काम गर्ने प्रचलनबाट आएको पार्टी हो ।

माओवादी भर्खर खुला राजनीतिमा आएकोले अनुभवको कमीले एकल नेत्तृत्वमा रहेको पार्टी थियो । जसमा मोहन बैद्य, डा बाबुराम भट्टराई, विप्लब जस्ता हस्तीहरू अटाएनन् । हिजो एमाले पनि यस्ता चरणहरू पार गरेर आएको हो । कुरा बुझ प्रचण्ड, केपी ओली वा झलनाथ, माधव नेपाल, बामदेव, वादल लागिपर पार्टी जोगाउ, आन्दोलन जोगाउ । एक ढिक्का हुनुको विकल्प छैन ।

एकआपसको फुटले लैजाने दिशा र दिने परिणाम थाहा छ नि हैन र ? एमाले फुट्यो के उपलब्धी भयो ? माओवादी फुटेर के मिल्यो कमरेड ? फेरि नेकपा फुटाएर केही मिल्ने छैन । धेरैको राजनीतिक भविष्य समाप्त हुनेछ ।

वास्तवमा लडाई विचारको नभएर अहंकार र नेत्तृत्वको टकरावकै थियो । केपी ओलीले सरकारको कामकाज जटिल परिस्थितिमा पनि समृद्धिको बाटोमा गएका थिए तर आफ्नै समकालीन वरिष्ठ नेताहरूको व्यवस्थापन गर्ने सकेनन् । भागबण्डामा, सम्मानमा समकालीन नेताहरूले चित्त दुखाएका थिए । त्यो केपी ओलीको कमजोरी थियो । यसको अवसर छोपेर असन्तुष्ट वरिष्ठ नेताहरूलाई हातमा लिएर सरकारप्रति प्रतिपक्षको भन्दा पनि कडा प्रहार प्रचण्डले गरिरहे, लगातार सरकारलाई असहयोग मात्रै गरिरहे असन्तुष्ट मोर्चाले । देख्दा लाग्थ्यो एकआपसका दुष्मन नै हुन् । एउटै पार्टी हो जस्तो भान भएको थिएन । यस्तो चरित्र कम्युनिष्टको त छँदै थिएन । प्रधानमन्त्रीले पद्धतिबाट हिडौ भनि बारबार आग्रह गरिरहे । रहस्यको कुरा के भने, ४ महिनापछि महाधिवेशनवाट आफू नेत्तृत्वबाट बिदा लिने, लगभग दुई वर्षपछि चुनाव गराएर प्रधामन्त्रीबाट पनि हट्ने प्रतिवद्धता जनाए पनि किन विश्वास गरेनन्, किन लोकतान्त्रिक पद्धति अपनाएनन् ? दिग्गज नेताहरू किन महाधिवेशनको ढोकाबाट नेत्वमा पुग्ने तयारीमा नलागी झ्यालबाट छिर्ने कोसिस गरे । अप्राकृतिक अंतरसंघर्ष अन्ततः संकटमै पुग्यो । प्रधानमन्त्रीले संसद बिघटन गर्नुभयो । यसमा सबै नेतृत्वको दोष छ । प्रतिपक्षको पनि छ । पानीमाथी ओभानो कोई पनि रहेनन् ।

इतिहासमा पटक पटक धोका पाएको नेपाल यस पटक प्रधानमन्त्रीले देशलाई जोगाएर जनतासंगै ताजा जनादेशको लोकतान्त्रिक बाटो रोजे भनेर एकखाले शक्तिले समर्थन र स्वागत गरेका छन् । झट्ट सुन्दा प्रधानमन्त्रीले गल्ती गरे भन्ने आवाज सुनिए पनि विगत लामो समय कोरोनारो कहरमा पनि जनताको लागि पूर्ण समय दिन नपाएर अनावश्यक भेटघाटमा धेरै समय खर्च गर्नुपरेको थियो ।

यसै कारण जनता निरूत्साहहित भएका थिए । किन ४ महिना पनि कुर्न सकेनन् ?? त्यो कुरा इतिहासमा भोलि प्रष्ट हुन्छ नै । तर नेपालमा सधै भ्रष्टाचारको समस्या छ । राजनीतिक दाउपेचको लागि लगाइने आरोप एकखालको छ भने अर्को कानुनतः भ्रष्टाचारीलाई प्रमाण पुष्टि गरेर कार्वाही भैरहेको थियो । अझै संवैधानिकक अंगहरूमा नियुक्ति गर्न नपाएर प्रधानमन्त्रीले काम गर्न नसकेको कारण अन्तत कठोर कदम चाल्न बाध्य पारेको देखिन्छ ।

प्रधानमन्त्री ओलीको विश्वास अझै पनि जनताले आफूलाई नै रोज्ने र ताजा जनादेश लिएर विकास निर्माणका दूरगामी कामहरू जुन सुरू भैसकेका छन् तिनीहरूलाई निरन्तरता दिनको लागि हुनेछ भन्ने हो र उहाँले त्यो आँट र हिम्मत देखाउनुभएको हो । आखिरमा समय परिस्थितिबाटै नयाँ सशक्त नेतृत्ववले जन्म लिन्छ भन्ने ठ्याक्कै प्रमाणित भयो र आज त्यस्तै भयो । हिजोसम्म बामपुड्के नेताहरूको लस्कर देखिन्थे भने आज क केपी ओलीले आफ्नो हाइटमा दोब्बर वृद्धि गरेर आफ्नो शिर हेर्न टाउकै उठाउनुपर्ने गरी चुल्याउन सफल हुनुभएको छ । आफूलाई देशको शक्तिशाली राजनेताको रूपमा प्रस्तुत गर्नुभएको छ ।

मलाई सधैं लाग्थ्यो किन सतीले सरापेको देश भनेर चुप्प लागेर मन बुझाएर बस्छन् होला ? आज अलिकति आशा लागेको छ प्रधानमन्त्री ओलीसंग । उहाँले जुन हिम्मत, चतुर्याई देखाउनु भयो इमान्दारीपूर्ण ढंगले देशलाई निकास दिनु सक्नुहुनेछ । हामी सबै जनता उहाँसंगै हुनेछम् ।

२०१७ सालमा आफ्नै पार्टीभित्र अन्तरद्वन्द्वका कारण लोकप्रिय प्रधानमन्त्री विपीलाई कु गरियो । २०५० सालमा आन्तरिक कारण सरकार ढल्यो । मनमोहनको लोकप्रिय सरकार ढालियो । फेरि प्रचण्डको प्रथम गणतान्त्रकि सरकार आफै ढाले । बीचमा धेरै के के भयो भयो नेपालको राजनीतिमा उतार चढाव । अस्थिरताबाट आजीत जनताले केपी वोलीलाई ५ वर्ष एकल सरकार चलाउ भनेर भारी मतले जिताई पठाए । स्थिर सरकार आयो जनता ढुक्क थिए । देश र जनताको लागि राम्रो काम गर्छ भन्ने कुरामा खुसी थिए । तर दुःखको कुरा जनताप्रति धोका भयो । नक्कली इन्गेजमेन्ट गरेका रहेछन् दुई पार्टीले । यसरी नक्कली इन्गेजमेन्ट गरेर जनतलाई दुःख दिनेलाई जनताले माफ गर्ने छैनन् । छानी छानी सबक सिकाउने छन् ।

अधिकार प्राप्तिका लागि कहिले व्यालेटबाट, कहिले बन्दुकबाट पाइन्छ भनेर हजारौं शहीद बनेर यहाँसम्म आएको भुल्नु हुँदैन । बाहिर सुन्दाखेर लाजैमर्दो बनाउने ? आज सुनिन्छ जताततै आफ्नो मान्छे भर्ति गर्न पाइएन भनेर जात्रा देखाइएको छ । अति भो, पद पाइन भनेर रोएर घुर्क्याउने, सम्मान पुगेन भनेर सानो चित्त गर्ने माहान नेताहरू छिः जाज लाग्छ १ तेस्रो वरियता चौथों वरियता, पाँचौ वरियता ? यही बेला हो नेतृत्वको टाउको अठ्याउने । अठ्याइएन भने सखाप भइन्छ भनेर न्वारानदेखिको बलले लड्ने योभन्दा संकीर्ण र लडाई अर्को के होला ?यसरी लड्ने माहोल बनाइएको छ । कसरी यसरी लागेका छन् प्रचण्ड केपी लडाएर लाचार खेल खेलेर अदृश्य धारराज गर्न खोजेको छ तो प्रष्ट देखिन्छ । नेका पनि पटक पटक त्यस्तै शिकार भएको थियो, हिजो जो एमालेमा दुई सशक्त धार लाडाएर एमाले सशक्त हुनबाट रोकिएको थियो लामो समय । आज पनि त्यही बाटोमा धमिलो खेल खेलाउँदै छन् । बल्ल बल्ल शक्ति संचय गरेर ठूलो सफलता हाँसिल गर्ने बाटोमा भएका शक्तिहरू नामर्द तरिकाले मुठभेडमा आएका छन्, षड्यन्त्रकारीहरूले मुठभेड गराएका छन् । जनता त्यसको शिकार भएका छन् ।

मैले सुनेका घट्नाहरू धेरै थिए इतिहासमा । एउटा घट्ना जोड्न मनलाग्यो जुन नजिकै बसेर भोगेको थिएँ । त्यो घट्ना सम्झदा मनखत लागेर आउँछ । क मनमोहन अधिकारीको ९ महिने सरकार । त्यतिखेर म पनि उहाँकै छत्रछायाँमा एमाले केन्द्रीय कार्यालय बल्खुमा कर्मचारीको रूपमा काम गरेको थिएँ । त्यतिखेरको सरकारको लोकप्रियता “आफ्नो गाउँ आफै बनाउँ”जस्ता योजना । हेलिकप्टर दुर्घटनाबाट बल्लबल्ल बाँचेर उपचारत मनमोहन अधिकारी हस्पिटलको शैयाबाट राजीनामा गर्न लगाइयो । उहाँले प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद बिघटन गर्नुभयो । पछि न्यायालयले उल्ट्यायो । यसरी ९ महिनामै लोकप्रिय सरकार ढाल्न खोज्नु नेपालीको लागि दुर्भाग्य थियो । झन दुर्भाग्य त चुनावमा जान नदिएर संसद ब्यूँत्याइयो । यदि त्यतिखेर चुनाव भएको भए प्रष्ट बहुमत आउँथ्यो र त्यतिखेरैबाट नेपाल बिकासको बाटोमा लम्किसकेको हुन्थ्यो ।

यसरी इतिहासबाट पछुताउनुको अर्थ छैन तर पाठ भने अवश्य लिनुपर्छ । अवश्य पनि हरेक बिघटन दुःखपूर्ण हुन्छन् । घट्नाका प्रकृति अनुसार दुःखद् भए पनि भोलि उज्यालो हुने खालका पनि हुन्छन् । मेरो विश्लेशण नेकपाको केपी ओली सरकार पनि यस्तै खालको हो ।

अन्त्यमा, नक्कली इन्गेजमेन्ट, एकल फाइदा लिने रणनीति अनुसारको मिलन सरासर धोका थियो । यस्तो सम्वन्ध तोड्नु नै राम्रो हो । फेरि पनि भ्रमको छलपूर्ण सम्बन्ध कसैले पनि नराखुन । एक विदेशमा बस्ने नेपालीको नाताले अनुरोध गर्छु, खुलेरै निर्धक्कका साथ भन्छु अघि बढ केपी ओली जनता साथमा छम् । गर ढ्याङ कि ढ्याङ भ्रष्टचारीलाई कार्वाही, देश लुट्नेहरूलाई तहस नहस बनाइदेउ । दुईटा ठूला देशबीच बसेर दुबै देशसंग समदुरी सम्बन्ध राखेर समृद्धिका लागि निरन्तर अगाडी बढ । पार्टीका सहयात्री सकेसम्म समेटेर नयाँ जनादेश लिएर आउm । विजयको शुभकामना छ सम्माननीय प्रधानमन्त्री केपी ओली ।

बहादुर मर्न सक्छ तर कायर षडयन्त्रको प्रहारले मर्दैन । सतिसाल उभिन्छ भन्ने कुरा दुई बहादुरलाई लडाएर कायरले १५ वर्ष राज गरेकाले बुझेनन् । शिर प्यारो हैन इमान जमानको कुरो छ । छक्का पञ्जाले छक्काए भन्दैमा छक्किने दाउपेचेहरूले ब्लाइण्ड गेम खेल्नु नै आजको उत्तर प्रश्न र उत्तर एउटैसंग हिजो पनि आज पनि थियो र छ । कायरले सधै कायरता देखाउँछ छल छामले बाँच्छ । बहादुर कि गर्छ कि मर्छ ।

हिजो सिपीलाई झुक्याएर महासचिव हुनेलाई के थाहा ? केपी बामदेब लडाएर १५ बर्ष राज गर्नेलाई पनि के थाहा ?? कुरो देखावटी इमान्दारपनको हैन । यो लडाई हकिकतको हो । जसले सतीले सरापेको देश नेपाल बन्नु छैन अबदेखि । नेपालमा बहादुरले पुगेन । बहादुर, चतुर, इमान्दार सबै एकै प्याकेजमा चाहियो । नेपालीको माग- बदमासहरूलाई एकमुस्ट हामी नेपाली जनताले बहिस्कार गरौं । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो ! नयाँ नेपाल नयाँ सोच !! नेपाल र नेपालीको जय होस !!!

२०७७ पौष ८ गते, जापान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.