राजनीति

दुबै पक्षलाई प्रतिक्षा गृहमन्त्री बादलको, प्रधानमन्त्री ओलीसंग छलफल

गृहमन्त्री

सत्तारुढ नेकपा विभाजित भएर आआफ्नै समूहलाई आधिकारिक नेकपा घोषणा गरे पनि सो दलका प्रभावशाली नेता गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कुनै पनि पक्षमा हुनुहुन्न । उहाँलाई फकाउन अध्यक्ष प्रचण्डले आग्रह गरिरहे पनि उहाँले मुख खोल्नुभएको छैन भने बुधबार लुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई गर्नुभएको भेटलाई अर्थपूर्ण रुपमा लिएको छ ।

बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका भए पनि उहाँले कुनै निर्णय गर्नुभएको छैन ।

मंगलबार दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट हटाएको छ भने माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

त्यस्तै बालुवाटारमा ओली पक्षको भेलाले केन्द्रीय समिति विस्तार गरी बुधबारबाट सातवटै प्रदेशका नवनियुक्त केन्द्रीय सदस्य तथा विस्तारित सदस्यहरुलाई प्रशिक्षण सुरु गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.