राजनीति

प्रचण्ड नेकपाको नयाँ संसदीय दलको नेता, संसद भवनमा बैठक जारी

पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको संसदीय दलका नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको छ । बुधबार नेपाल प्रचण्ड समूहका सांसदहरुको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाई नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेपछि सहमतिमै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको हो । यो समाचार तयार पार्दासम्म नयाँ बानेश्वरस्थित संसद भवनको एक हलमा संसदीय दलको बैठक जारी रहेको छ । बैठकले प्रचण्डलाई सर्वसम्मत रुपले नेता चयन गरिएको हो ।

यसअघि नेकपाको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । मंगलबार प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्य नरहने गरी कार्वाही गरेको घोषणा गरेको थियो भने ओली पक्षले आफू नै नेकपाको आधिकारिक नेतृत्व रहेको दावी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.