संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रचण्डको घोषणा

संसदीय दलको नेतामा चयन हुनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताउनुभएको छ ।
वानेश्वरमा जारी प्रचण्ड-माधव समूहका सांसदहरुको बैठकमा उहाँले अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा रहेको र संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिवद्धता जनाउनु भयो ।
बैठकमा अध्यक्ष प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको समेत स्पष्ट पार्दै भन्नुभयो, ‘संसदीय दलमा पनि १ सय १५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ ।’
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उहाँले भन्नुभयो यसको पछाडि ठूलै षड्यन्त्र छ, देशी विदेशी शक्तिको चलखेल खुल्दै जाला, अहिले विश्वले नेपालको यो घटनालाई चासोका साथ पनि हेरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्