राजनीति

नेपाली कांग्रेसले संसद विघटनबिरुद्ध देशभर प्रदर्शन गर्ने

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।

कांग्रेसका भातृ संगठानहरुले संसद विघटनको बिरोधमा विभिन्न स्थानमा सडक प्रदर्शन गरिरहेको छ । त्यस्तै नेकपाकै विद्यार्थी संगठन तथा प्रचण्ड समूहका कार्यकर्ताले पनि बिरोध गरिरहेका छन् ।

संसद विघटन असंवैधानिक कदम भएको भन्दै अधिकारवादी तथा मानवअधिकारवादी संघसंस्थाहरुले पनि बिरोध गरिरहेका बेला कांग्रेसले आधिकारिक रुपमाा देशभर प्रदर्शन गर्ने तय गरेको हो ।

बिरोध प्रदर्शन गर्ने तय भए पनि कुन दिन प्रदर्शन गर्ने भन्ने निर्णय भोलि ९ गते बिहिबार बस्ने बैठकले तय गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.