कर्पोरेट/पर्यटन

विमानस्थल बन्दै गर्दा लुम्बिनी–बैंकक सिधा हवाई सम्पर्कमा जोड

नेपालको पर्यटन विकासका लागि बुद्ध जन्मथलो लुम्बिनी र बौद्ध धर्मावलम्बी देश थाइल्याण्डको राजधानी बैंककबीच सिधा हवाई उडानमा जोड दिइएको छ । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेका बेला दुई शहरबीच सिधा हवाई उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने धारणा राखिएको हो ।

बुधबारा नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लुम्बिनी–बैंकक सिधा हवाई उडानमा जोड दिनुभयो । उहाँले नेपाल र थाइल्याण्डबीच व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सम्भावनालाई उपयोग गर्न र ‘बौद्ध परिपथ’ प्रवद्र्धनका लागि लुम्बिनी–बैंककबीच सिधा हवाई सम्पर्कका लागि पहल गरिनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा राजदूत भोसिताले नेपाली व्यवसायी संस्थासँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताउनुभयो । पर्यटन क्षेत्र विस्तारका लागि ‘बौद्ध परिपथ’को अवधारणा तथा बैंकक–लुम्बिनीबीचको सिधा हवाई सम्पर्कलाई सकारात्मकरुपमा लिएकोे बताउनुभएको चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.