राजनीति

गृहमन्त्री थापा संसद विघटनको समर्थन गर्दै भने "स्थिरता र परिवर्तनका लागि चुनाव"

गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभएको छ । पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बिहिबारको बैठकमा सोा धारणा राख्नुभएको हो ।

यसअघि दुबै खेमाको बैठक वहिस्कार गर्दै आउनुभएका गृहमन्त्री थापाले अन्ततः ओली नेकपा रोज्दै बैठकमा भाग लिनुभयो र भन्नुभयो चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने छ ।

नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, “उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।”

नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.