
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले संघीय संसदले मृत्युवरण गर्नुपर्यो, पार्टी फुटेर दुईवटा बने भने अब यसको असर प्रदेशहरुमा पनि परेको छ । यसको सुरुवात भएको छ वाग्मती प्रदेशबाट, जहाँ मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि वाग्मती प्रदेशमा प्रचण्ड माधव नेपाल समूहका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री जम्मरकट्टेलसहित उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिनुभएको हो ।
तीन मन्त्रीको राजीनामासंगै सो समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावकका रुपमा शालिकराम जम्मरकट्टेल हुनुहुन्छ । बागमती प्रदेशमा ११० जना सांसद छन् । तीमध्ये ८० जना नेकपाका हुन् ।
प्रतिक्रिया राख्नुहोस्