राजनीति

नेकपाको नाममा भएका सबै सम्पत्तिमा प्रचण्ड-नेपालको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि माधवकुमार नेपालहरु पूर्व माओवादीमा मिलेको र आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उनीहरुको कुनै हक नलाग्ने दावी गरिरहेका बेला प्रचण्ड समूहको नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गर्नुभएको छ ।

शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गर्नुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ ।

नेकपाका नाममा भएका जति पार्टी कार्यालयहरु छन्, सम्पत्तिहरु छन् त्यो नेकपाकै हुनेछ, हाम्रो हुनेछ तर, पार्टीको नाममा भएका सम्पत्ति बाहेक अरुमा दाबी हुँदैन ।

उहाँले भन्नुभयो अरु कसैको प्राइभेट कम्पनीहरु छन् भने त्यो प्राइभेट कम्पनीको सम्पत्ति हामी लिँदैनौं उतै रहोस् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.