राजनीति

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गीत गाएर विश्व रेकर्ड कायम गर्ने हुनुभएको छ । उहाँले लगातार चार घण्टा गीत गाएर विश्व रेकर्ड राख्न लाग्नुभएको हो ।

सो कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार शुभारम्भ गर्नुभयो । काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ वटा गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लाग्नुभएको हो ।

मन्त्री गुरुङले नेपालको एक जना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर्नुभएकोमा सो कार्यको सराहना गर्नुभयो ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति मन्त्री गुरुङले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमका लागि बेलायतबाट पाँचजना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.