राजनीति

रामवीर मानन्धरद्वारा विश्वमा सबैभन्दा लामो समय गीत गाउने मन्त्रीको कीर्तिमान

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी समयसम्म स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने विश्वकै पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राख्नुभएको छ ।

उहाँले वर्ल्ड बुक अफ रेकर्ड युकेको ‘बहालवाला मन्त्रीको एकल कन्सर्ट’ विद्यामा आफ्नो नाम लेखाउने क्रममा ४ घन्टाभन्दा बढी समय स्टेजमा उभिएर ५९ वटा गीत गाउनुभएको थियो । मानन्धरले गाउनुभएका गीतहरुको रोयल्टीसमेत आफूले तिरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री मानन्धरले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाउनुभएको थियो ।

विश्व कीर्तिमान कायम गरेपछि प्रमाणपत्र वितरण समारोहमा कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले राजनीति र गायन सँगै अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिनुभयो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्बत गुरुङ, वाग्मती प्रदेश सभासदस्य केशव स्थापित लगायतको उपस्थिति रहेको कार्यक्रममा मानन्धरलाई नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.