राजनीति

मन्त्रिमण्डल हेरफेर- मन्त्री जगत विश्वकर्मा र राज्यमन्त्री मोती दुगड पदमुक्त

पार्टी विभाजन भएसंगै प्रचण्ड-माधव नेपाल समूहमा लागेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा साँझ राष्ट्रपतिबाट शपथ लिएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा टोपबहादुर रायमाझी, उर्जा, मणि थापा, खानेपानी, प्रभु साह शहरी विकास, प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी, श्रम, दावा लामा युवा तथा खेलकुद, जुली कुमारी महतो महिला बालबालिका, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री रहका छ् ।

त्यसै गरी वहावलावा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्य, लीलानाथ श्रेष्ठलाई कानून, शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार र पद्मा अर्याललाई कृषि मन्त्रालयमा राखिएको छ भने कृष्ण गोपाल श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि भानुभक्त ढकाल स्वास्थ्यमन्त्री रहेका हृदयेश त्रिपाठी र संघीय मामिला मन्त्री, लीलानाथ श्रेष्ठ महिला बालबालिका मन्त्री कानून र शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री हुनुहुन्थ्यो । त्यस्तै पद्मा अर्याल भूमिव्यवस्था र कृष्ण गोपाल श्रेष्ठ शहरी विकास मन्त्री रहनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.