जन सरोकार
ओकेबाजेको सहयोगमा विपन्नलाई राहत
जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा पाल्पाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
![Ok Baje](https://www.nepaljapan.com/wp-content/uploads/2021/12/Ok-Baje.jpg)
उहाँले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गर्नुभएको छ । यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ ।
काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा आफूलाई खुशी लागेको बताउनुभएको छ । अर्चलेमा ६३ घर परिवारलाई प्रतिघर ५० किलोको दरले चामल वितरण गरिएको छ ।
यसैबीच समाजसेवी काकिमीले कमला प्राथमिक विद्यालयको प्रवेशद्धार निर्माणका लागि रु एक लाख र सिन्दुर आधारभूत विद्यालयका लागि झोला अक्षय कोषबाट शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्