राजनीति
एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताउनुभएको छ ।
![Oli Press Meet](https://www.nepaljapan.com/wp-content/uploads/2021/08/Oli-Press-Meet-e1629876214334.jpg)
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्