राजनीति

जिल्ला जिल्लामा विभाजनको असर- पार्टी कार्यालयमा तालाबन्दीको लहर

सत्तारुढ (अर्को समूह विपक्षी) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन जिल्ला जिल्लामा पुगेको छ । पार्टीमा कसको कब्जा भन्ने होड चलिरहेका बेला प्रचण्ड नेपाला समुहको वर्चश्व रहेको मानिएको चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाइएको छ ।

शनिबार साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई ओली समूहका कार्यकर्ताले ताला लगाएका हुन् । अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको जानकारी दिनुभयो ।

त्यसो त नेकपाका दुई समूहमध्ये ओली पक्ष संसद विघटन र निर्वाचनको पक्षमा नाराबाजी गरिरहेको छ भने प्रचण्ड नेपाल पक्ष संसद पुनःस्थापना हुनुपर्ने माग गर्दै सडक प्रदर्शन गरिरहेको छ ।

चितवनमा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड-माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.