जल/वातावरण

कोरोनाको नयाँ प्रजातिको द्रुत फैलावट- विश्वमा नयाँ तरङ्ग, नेपालको तयारी कस्तो छ ?

विश्वका विभिन्न कम्पनी तथा अनुसन्धान केन्द्रहरुले कोरोना भाइरसबिरुद्धको खोपमाथि परीक्षण भैरहेको र कतिपय मुलकले यसको खोप दिन सुरु गरिसकेको अवस्थामा बेलायतबाट कोरोनाको नयाँ प्रजाति देखापर्यो, जुन द्रुतगतिमा फैलिनसक्छ ।

कोरोना भाइरसको नयाँ प्रजातिको विकास भएसँगै कोरोना संक्रमणको बारेमा अध्ययन गरिरहेका परामर्शदाताहरूले भाइरसको नयाँ प्रकार अन्यको दाँजोमा छिटो सङ्क्रमण हुने गुण भएको बताएका छन् ।

बेलायतमा कोरोनाको खोप दिन सुरु गरेसंगै यही देशबाट नेदरल्याण्ड, अष्ट्रेलिया, आइसल्याण्ड, डेनमार्क, जापान लगायत मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार द्रूत गतिमा फैलिइकेको छ र यसले विश्व नै तरङ्गित बन्न पुगेको छ ।

यो भाइरसको फैलाबटसँगै युरोपमा क्रिसमश खल्लो भयो । बल्लबल्ल सामान्य हुँदै गएको युरोपका बेलायत, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु भए । विश्वका धेरै देशहरुले बेलायतबाट हुने हवाई तथा स्थलयात्रामाथि प्रतिबन्ध लगाएका छन् । यसको फैलाबट कम गर्न सबै देशहरुले तयारी थालेका छन् ।

कोरोनाको नयाँ प्रजातिमा अध्ययन गरिरहनु भएका नेपाली अनुशन्धानकर्ता डा. प्रकाश घिमिरे यो भाइरसको जानकारी प्रारम्भकै भएकाले त्यसका अनुत्तरित प्रश्नहरू पनि धेरै नै हुने बताउनुहुन्छ । कोरोनाकै खोपको ट्रायल भैरहेको समयमा नयाँ प्रजातीको संक्रमणको खोपभन्दा पनि यसले कत्तिको असर पार्छ भनेर अनुशन्धान भैरहेको उहाँ बताउनुहुन्छ ।

डा. घिमिरेका अनुसार बेलायतको लण्डनमा २० सेप्टेम्बरदेखि १३ अक्टोबरसम्म गरिएको अध्ययनमा एक चौथाइ जति सक्रमितमा भाइरसको यो प्रकारबाट भएको थियो । मध्य डिसेम्बरसम्म आइपुग्दा संख्या निक्कै बढेकाले यो चिन्ताको बिषय बन्न पुगेको र अहिले विश्वका धेरै मुलुकमा यो भाइरस फैलिसकेको छ ।

डा. घिमिरेले विश्वभरीमा कोरोनाभाइरसको ‘जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ‘नेक्स्टस्ट्रेन’ ले डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोनाभाइरसको नयाँ प्रकारको उदगम नै बेलायत रहेको सार्वजनिक गरिसकेको बताउनुभयो ।

कुनै पनि भाईरस विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेपछि आफ्नो अस्तित्व जोगाउनको लागि मानिसको केशिकाहरु भित्र प्रबेश गर्नु पर्ने हुन्छ । कोरोना भाइरसहरु पनि मानव शरीरमा प्रबेश गरेपछि फोक्सोका केशिकाको बाहिरी पत्रमा टासिएर कोशिकाहरु भित्र प्रबेश गर्ने गर्दछन् । जहाँ उनीहरुले आफ्नो अस्तित्वको रक्षाको निम्ति आफ्नो बंशानुगत जिनका लाखौं कपिहरु बनाएर आफ्नो संख्यालाई वृद्धि गर्ने वा फैलिने काम गर्छ ।

एक वर्ष अघिबाट फैलिएको कोरोनाको खोप बन्न सुरु भैरहेका बेला नयाँ प्रजातिको कोरोना देखिएपनि यी खोपले काम गर्छ कि गर्दैन भन्ने द्विविधा कायमै छ । अहिलेसम्म सर्वमान्य हुने गरी कोरोनाको खोप बनेको छैन र कुनै पनि देशका बनेका खोपहरुलाई विश्व स्वास्थ्य संगठनले अन्तिम मान्यता दिएको छैन । अहिले विश्वमा लगाइरहेका खोपहरु आकस्मिक प्रयोजनका लागि लगाइएका खोपहरु हुन् ।

नेपालमा कति जोखिम

नेपालमा लकडाउन खुला गरिएपछि आन्तरक तथा बाह्य हवाई उडानलाई अनुमति समेत पाइसकेको र युरुोप लगायतका देशबाट नेपाल आउनेको संख्या विस्तारै बढिरहेको अवस्थामा कोरोनाको नयाँ प्रजाति देखापरेको छ । बेलैमा सचेत भएर सुरक्षाको प्रभावकारी उपाय अपनाउनु आवश्यक छ ।

नेपालमा अहिले कोरोनाको संक्रमण नै छैन जसरी भिडभाड हुने काम भैरहेको छ । यसले राम्रो कुराको संकेत गरेको छैन । नेपालले बेलायतबाट यात्रा प्रतिबन्ध लगाइसकेको छ तर प्रतिबन्ध अघि बेलायतबाट नेपाल आएकाहरुको निगरानी गर्ने, क्वारेन्टाइनमा राख्ने परीक्षण गर्ने र आइसोलेशनमा राख्ने बिधि नै सबैभन्दा राम्रो रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.