विश्वप्रकाशद्वारा चुनाव नलड्ने घोषणा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको हो ।
उहाँलाई पार्टीले झापा–१ बाट पुनः सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेपनि शर्माले नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उम्मेदवार नबन्ने अडान दोहोर्याउनु भएको हो ।
२०७९ को निर्वाचनमा झापा–१ बाट निर्वाचित शर्माले बैठकमा बोल्दै शर्माले झापा क्षेत्रका नेता–कार्यकर्तालाई यसअघि नै उम्मेदवारीका लागि अगाडि आउन आग्रह गरिसकेको स्मरण गराउनुभयो । ‘हिजो पुस ९ गते झापा पुगेँ । क्षेत्रीय भेलामै उम्मेदवार बन्ने इच्छा भएका साथीहरूलाई दाबी गर्न आग्रह गरेको छु,’ शर्माले भन्नुभयो , ‘एक वर्षअघि २०८१ पुस २१ गते मेचिनगरको धुलाबारीस्थित अतिथि सदनमा पनि म २०८४ को चुनावमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरिसकेको थिएँ ।’
त्यस्तै शर्माले शर्माले नेपाली राजनीतिमा देखिँदै आएको ‘सधैँ उम्मेदवार बन्ने’ र ‘क्षेत्र कब्जा गर्ने’ प्रवृत्तिको खुलेर आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिते पनि हारे पनि क्षेत्र नछोड्ने, एउटा क्षेत्रमा हारे अर्कोमा उम्मेदवार बन्ने, जीवनभर मन्त्री भइरहने सोच हाम्रो राजनीतिको विकृति हो । यो प्रवृत्ति तोड्न जरुरी छ ।’





प्रतिक्रिया राख्नुहोस्