कोशीप्रदेश

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव

नेकपा विभाजन भसंगै मुख्यमन्त्रीहरुबिरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने क्रम बढेको छ । ओली समूहमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता भैसकेको छ भने आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

३७ सांसदको हस्ताक्षर रहेको अविश्वास प्रस्तावको प्रस्तावक निवर्तमान इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताएका छन् ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

यसै गरी लुम्बिनी प्रदेश, गण्डकी प्रदेशमाा पनि प्रचण्ड समूहले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्व माओवादीका मुख्यमन्त्री रहेकाले ओली पक्षले अविश्वास प्रस्तावका लागि संख्या पुर्याउने जमर्को गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.