जल/वातावरण

कोरोना अस्पतालको आईसीयूमा उपचाररत संक्रमित भागे

नेपालको राजनीतिमा आएको उथलपुथलले कोरोनाको चर्चा नै सेलाइरहेका बेला बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष भागेका छन् ।

समाचार अनुसार आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर बुटवल १३ का ५५ वर्षीया पुरुष भागेका हुन् । आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका कर्मचारीकै अगाडि उनी भागेर सम्पर्कविहीन भएका छन् ।

अस्पतालका प्रवक्ता डा गौतमले भने, ‘होटेलमा रहेका बेला अस्पतालले फोन सम्पर्क गर्दा रिसिभ भएको र उनको परिवारलाई पनि यो कुरा जानकारी गराएको छ ।’

ती पुरुषले मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएको खुलेको छ । गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका उनले शनिबार साँझ नै आफूलाई ठीक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.