राजनीति

प्रचण्डको राजनीतिक प्रतिवेदन, संविधान संशोधनका लागि संघर्षको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उहाँले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको हो । प्रतिवेदनमा संविधान संशोधनका लागि सडक, सदन र सरकारसहित सबै क्षेत्रबाट संघर्ष गर्ने बताउनुभएको छ ।

राजधानीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले संविधान संशोधनका लागि संघर्षको प्रस्ताव गर्नुभएको हो ।

प्रचण्डले संविधानमार्फत् उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको पहिचान र अधिकारसहितको संघीयता संस्थागत गर्न नसकिएको त्यसलाई पार्टीले यी घनिभूत विषयमा संविधानको संशोधनको आवश्यकता देखेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

अध्यक्षा प्रचण्डले संविधानसभामा आफ्नो भिन्न मत पनि दर्ज गरेको र समाजवाद उन्मुख कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न जरुरी रहेको बताउनुभएको छ ।

अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नुहुनेछ । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.