राजनीति

प्रधानमन्त्री ओली सच्चिएर आए पार्टी एकता हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि एक समुहले अर्को समुहलाई पार्टी फुटाएको र आफू नै आधिकारिक पार्टी रहेको धारणा सार्वजनिक गरिरहेका बेला प्रचण्ड—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए अहिले पनि पार्टी एक हुने बताउनुभएको छ ।

सोमबार नेपालगञ्जमा प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराइले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै सो धारणा राख्नुभएको हो ।

पूर्व मन्त्री समेत रहनु भएका सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गर्नुभयो ।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.