राजनीति

चिनीया टोली र प्रचण्ड-नेपालबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको चिनीयाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको टोलीले सोमबार विहान नेकपा (प्रचण्ड–माधव)समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेट गरेको छ ।

सो टोलीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा गएर भेटवार्ता गरेको थियो भने नेपाललाई नयाँ बानेश्वरमा भेट गरेको हो । विहान साढे नौ बजे चिनियाँ टोलीका सदस्य प्रचण्ड निवास खुमलटार पुगेको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्डसँग चिनियाँ टोलीले समसामयिक नेपाली राजनीतिको विषय तथा दुई देशबीचको सम्बन्धका विषयमा परामर्श भएको हो ।

करिब एक घण्टा भएको भेटमा अध्यक्ष प्रचण्डले दुई देश बीचको सम्बन्धलाई थप उपचाईमा पुर्याउने विषयमा आफू र आफ्नो पार्टी सदैव सचेत रहने बताउनुभएको थियो । चिनियाँ टोलीले नेकपा भित्रको फुट र समाधानका विषयमा चासो राखेको बुझिएको छ ।

त्यस्तै नेता नेपालसँग चिनियाँ टोलीको प्रतिनिधिमण्डलले विहान ११ बजे नयाँ बानेश्वरस्थित होटल इभरेष्टमा करिब एक घण्टा छलफल गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

चार सदस्यीय चीनियाँ टोलीका प्रतिनिधिले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.