करीब १ सय ५० के.जी. गाँजा बरामद
पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट पौष १२ गते सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ ।

सोही ठाउँमा रहेको बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बरामद गरेको हो । बरामद गाँजा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसै गरी झापा जिल्लाको भद्रपुर नगरपालिका १ हिमाली चोकबाट पौष १२ गते सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका १ बस्ने ३८ बर्षीय राजीव खत्री र २० बर्षिय उमेश धिमाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा २३ वटा नाईट्राजेपाम ट्याब्लेट फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्