राजनीति

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सोमबार आयोजना गरेको देशव्यापी प्रदर्शनमा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैमा बधाई ज्ञापन गर्नुभएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध१६५ सङ्घीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।
उहाँलेसाँझ विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने सङ्घीय क्षेत्रीय कार्यसमिति र भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, पार्टीका सबै तहका नेताकार्यकर्ता तथा सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवा सबैमा बधाई ज्ञापन गर्नुभएको छ ।

विरोध प्रदर्शन देशभरिका सङ्घीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको र यसले जनभावना अभिव्यक्त गरेको धारणा व्यक्त गर्नुभएको छ । उहाँले प्रदर्शनको कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई धन्यवाद पनि ज्ञापन दिनुभएको छ ।

कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै सङ्घीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.