जल/वातावरण

गोकर्णेश्वर नपाभित्र स्काभेटर लगायत भारी उपकरण प्रयोगमा प्रतिबन्ध

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्र सार्वजनिक विकासका काममा बाहेक स्काभेटर लगायतका निजी तथा व्यावसायिक प्रयोजनका लागि भारी उपकरण प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै जग्गा प्लटिङमा पनि रोक लगाइएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी गराउनुभएको हो ।

उपत्यकाको वातावरणीय सन्तुलनमा महत्वपूर्ण स्थान ओगट्ने धार्मिक, सांस्कतिक तथा पर्यावरणीय दृष्टिले अति महत्वपूर्ण यर नगरपालिकाका विभिन्न क्षेत्रमा अव्यवस्थित ढंगले एक्साभेटर, जेसिबी संचालन हुँदा वातावरण तथा जनजीवनमा प्रतिकूल असर पुगेको भन्दै प्रयोगमा रोक लगाइएको हो ।

विज्ञप्तिमा भनिएको छ– “भारी उपकरणको प्रयोग गरी वन क्षेत्र, पर्ती जग्गा, जलाशय लगायतका क्षेत्र समेत दोहन भैरहेको जनगुनासो आएको हुँदा यस नगरपालिका क्षेत्रममा संचालित सार्वजनिक विकास निर्माणको काममा बाहेक अन्य प्रयोजनका लागि संचालन हुने एक्साभेटर, जेसिबी लगायतका उपकरण प्रयोग गरी जग्गा प्लटिङ गर्ने लगायतका कार्यहरु अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको छ ।”

त्यसै गरी नगरपालिकाले यसअघि ती उपकरण प्रयोगका लागि दिइएको स्वीकृति समेत खारेज गरिएको जनाएको छ । नगरपालिकाले यो सूचनाको अवज्ञा गरी त्यस्ता उपकरण प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.