प्रदेशबागमती

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता जमरकट्टेल र सचेतक माझी पदमुक्त

अविश्वास प्रस्ताव लागेका वाग्मती प्रदेशका मुखयमन्त्री तथा नेकपाका संसदीय दलका नेता डोरमणि पौडेलले आफूबिरुद्धको अविश्वास प्रस्तावको प्रस्तावक रहेका संसदीय दलका उपनेता शालिकराम र सचेतकलाई जिम्मेवारीमुक्त गर्नुभएको छ ।

अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले बताउनुभएको छ ।

फुँयालका अनुसार पार्टी विभाजित भएर अलग धारामा लागेपछि संसदीय दलको विधान अनुसार नियुक्त भएको र विधान अनुसार नै पदमुक्त गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.