जापान

दुबै मात्रा खोप लगाएकालाई ओमिक्रोन प्रतिरोधी क्षमता ७२ प्रतिशत कम : जापानी अध्ययन

कोरोना भाइरस बिरुद्धको दुई मात्रा खाप लगाए पनि ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न डेल्टा भेरियन्टको तुलना कमजोर रहेको जापानमा गरिएको परीक्षणमा खुलासा भएको छ ।

एनएचकेको समाचार अनसार कतासातो विश्वविद्यालयका प्राध्यापक कातायामा काजुहिको नेतृत्वको एक अनुसन्धान टोलीले खाप लगाइका १२ जनाको रगतको नमूनाबाट प्राप्त सम्बधिन्त कोशिकामा रोग प्रतिरोधी क्षमताको मापन गरेका थिए ।

तीन महिना पहिले खोप लगाएकाहरुको नमूनाबाट ओमिक्रोनसंग लड्ने क्षमता डेल्टाको तुलनामा ७२ प्रतिशत कम पाइएको थियो । परीक्षणमा सामेल ६ जनाले फाइजर र बाँकी ६ जनाले मोडर्नाको खोल लगाएका थिए ।

समाचार अनुसार मोर्डनाको दोस्रो मात्रा खाप तीन महिना पहिले मात्र लगाएकाहरुको नमूनाबाट प्रतिरोध क्षमता औसतमा ८२ प्रतिशत कम पाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.