राजनीति

एमसीसी पारित भए सडकबाटै प्रतिवाद : प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपालको वर्तमान सङ्कट अन्त्यका लागि जनतालाई स्वतन्त्र ढङ्गले फैसला गर्न दिनुपर्ने बताउँदै एमसीसी पारित भए सडकबाटै कडा प्रतिवाद गर्ने बतानुभएको छ ।

जनपत्रकार सङ्गठन कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्त्ता विश्वकर्माले श्रमजीविहरुको रगत पसिनाबाट आएको व्यवस्थामा जनताकै श्रेष्ठ अभ्यास हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “संसदीय व्यवस्था नै मुलुक पद्धतिअनुरुप चल्न नसक्ने मुख्य समस्या बनेको छ । राज्य व्यवस्थाको चरित्र दलाल पूँजीवादीमा रुपान्तरण हुँदा मुट्ठीभरका मान्छेले यो देशलाई हातमा लिइरहेका छन् ।”

त्यही अवस्थालाई गम्भीर समीक्षा गर्दै नेकपाले वैज्ञानिक समाजवादको पक्षमा जनमत सङ्ग्रहको एजेण्डा अघि सारिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको व्यवस्थामा जनता र देशको आवश्यकताभन्दा उल्टो काम भइरहेको छ । राजनैतिक विचलन देखिएको छ । तसर्थ नेपाली श्रमजीवि वर्गलाई राज्य सञ्चालकको तहमा पुर्यााउन जनमत सङ्ग्रह जरुरी छ ।”

प्रवक्ता प्रकाण्डले एमसीसी पारित भए सडकबाटै कडा प्रतिवादसमेत गर्ने चुनौति दिनुभयो । “अमेरिकी परियोजना एमसीसी नेपालका लागि चरम राष्ट्रघाती र हस्तक्षेपकारी छ,” उहाँले भन्नुभयो, “आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर बनाउन नेपाल जस्तो सामरिक महत्वको देशलाई उसले नियन्त्रण र प्रभावमा राख्न खोजिरहेको छ र सैन्य गठबन्धनमा छिराउने प्रयास गरिरहेको छ । यसमा हामी सबै सचेत बनौँ ।”

अमेरिकाको आशयमा हुने कामले नेपाल जस्ता सार्वभौम देश कमजोर हुने जनाउँदै उहाँले देशभक्त सम्पूर्ण नेपाली सचेतताका साथ एक भएर एमसीसी विरुद्ध डट्न आग्रह गर्नुभयो ।

सोही क्रममा प्रवक्ता प्रकाण्डले देशको स्वाधीनताको एजेण्डामा मत मिल्ने नेपाली क्रान्तिकारी इमान्दार कम्युनिष्टबीच एकताको विषयमा छलफल पनि भईरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.