जल/वातावरण

भारतमा भेटियो नयाँ प्रजातिको कोरोना, नेपालमा उच्च शतर्कता आवश्यक

बेलायतबाट विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण नेपालको छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । हुन त बेलायतबाट आएका नेपालीमध्ये ५ जना संक्रमित भएको पाइए पनि उनीहरु पुरानै कोरोना संक्रमित हुन् कि नयाँ भन्ने खुलिसकेको छैन ।

भारतीय अधिकारीहरुका अनुसार बेलायतबाट आएका ६ जनामा नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बेंगलरू, हैदरावाद र पुनेका नागरिक छन् । अहिले संक्रमण पुष्टि भएका छ जनाको परिवार र उनीहरूसँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ गर्ने काम भइरहेको छ ।

भारतले गत साता नै बेलायतसँगको हवाई सेवा बन्द गरिसकेको छ । नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा ७० प्रतिशत संक्रामक रहेको भन्दै यसले शरीरलाई छिटो आक्रमण गर्ने अध्ययनले बताएको छ ।

सुरूमा बेलायतमा देखिएको उक्त नयाँ प्रजातिको भाइरस अहिले युरोपको अन्य देशहरूमा पनि देखा पर्न थालेको छ । त्यस्तै एसियाली मुलुकहरु जापान, क्यानाडा र दक्षिण अफ्रिकामा पनि उक्त भाइरस फेला परेको छ ।

नेपाल र भारतबीच स्थल तथा हवाई मार्गबाट आवतजावत नियन्त्रित रुपमा सुचारु भैरहेका बेला कोरोनाको नयाँ प्रजाति भारतमा भेटिनु नेपालमा पनि यसको जोखिम बढेको छ । समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.