राजनीति

नेपालमा स्वच्छ छवीका प्रधानमन्त्रीको खोजी दिल्लीमा हुँदै, को होला त्यो भाग्यमानी

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेर नयाँ निर्वाचन गराउन असमर्थ भएपछि तत्कालीन श्री ५ बाट अपदस्थ गरिएर स्वच्छ छवी भएकालाई प्रधानमन्त्री बन्न आव्हान गरिए जस्तै दुई तिहाई बहुमतको नजिक रहेको नेकपा सरकार ढालेर भारतले स्वच्छ छवी भएकालाई प्रधानमन्त्री बनाउने पहल गरिरहेको बताएको छ ।

नेपालका लागि भारतका राजदूत रहिसकेका पूर्व विदेशसचिव श्यामशरणले एक भारतीय पत्रिका दि ट्रिब्युनमा लामो लेख लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गर्नुभएको छ ।

यहाँ क्लिक गरेर पढ्नुहोस् श्यामशरणको लेख

श्यामशरणले आफ्नो लेखमा भारतले ओलीलाई राजीनामा दिन मनाउने प्रयास गरिरहेको तर प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्ने उल्लेख गर्दै यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ भन्नुभएको छ ।

त्यस्तै श्यामशरणले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागिपरेको भन्दै असन्तुष्टि समेत जनाउनुभएको छ । उतिबेला दरबारले स्वच्छ छवीका नेताको खोजी गरेजस्तै भारतका लागि यतिबेला स्वच्छ छवीका नेता प्रचण्ड, माधव नेपाल कि अरु नै कोही भन्नेमा बहस सुरु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.