राजनीति

माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए- प्रचण्डलाई धुँदाधुँदा धेरै डल्ला साबुन सकियो

पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्री निवासभन्दा बाहिरको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अग्रगमन र गतिको डुंगा रोक्न खोज्नेहरु असफल भएको र पछिपरेको टिप्पणी गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित सुदुरपश्चिमका कार्यकर्ता सहभागी भेलालाई सम्बोधन गर्दै पार्टी विभाजनमाथि टिप्पणी गर्दै भन्नुभयो उहाँहरूले डुंगा अगाडि बढ्न नदिएर तानिरहनुभयो। तर डुंगा अगाडि बढ्यो । उहाँहरू छुट्नुभयो ।

त्यस क्रममा मंगलबार प्रचण्ड नेपाल समूहको बिरोध प्रदर्शनमा लागेको नाराप्रति लक्षित गर्दै उहाँले भन्नुभयो नारा के लगाउनुभयो ? गणतन्त्रप्रति कस्तो नारा लगाउनुभयो ? उहाँहरूले सडकभरि छरेर जानुभयो भन्दै प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूले मित्रताले अँगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको बताउँदै षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा । साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’

त्यसै गरी प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो- “माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो । पूर्वप्रधानमन्त्री नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गए ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.