सूचना/प्रविधि

एनआईटिभी नेपालले पायो आईएसओ ९००१ः२०१५ मान्यता

नेपालमा सूचना प्रविधिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको एनआईटिभी नेपाल लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र पाएको छ । पौष १५ गते बिहिबार आईएसओले प्रमाणपत्र हस्तान्तरण गरेको हो

कम्पनीको कार्यालयमा आयोजित एक समारोहमा आईएसओको तर्फबाट नेशनल सर्टिफिकेशन एण्ड मेनेजमेन्ट नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत जनार्दन घिमिरेले एनआईटिभी नेपालका आर्थिक व्यवस्थापन प्रमुख जशोदा सैंजु कर्माचार्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

आईएसओ ९००१ः२०१५ अन्तर्राष्ट्रिय मूल्यांकनको छाता संगठन हो । ९००१ः२०१५ गैरउद्योगहरुलाई दिइने विशिष्ठ प्रमाण हो । यो प्रमाणपछि कम्पनीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि योग्य मानिन्छ ।

वैदेशिक लगानीमा सन् २०१७ देखि नेपालमा सूचना प्रविधिको क्षेत्रमा सक्रिय एनआईटिभी नेपाल लिमिटेड नेपालको सूचना प्रविधिको ठूला कम्पनीहरुको सूचीमा पर्न आउँछ । तीन दर्जनभन्दा बढी इञ्जिनियरहरु कार्यरत यो यो कम्पनीले आफ्नो सेवाक्षेत्र क्रमैसंग बढाउँदै लैजाने योजना बनाएको छ ।

आईएसओ ९००१ः२०१५ द्वारा प्रमाणित भएको कम्पनीलाई विश्वस्तरीय मापदण्ड पूरा गरेको मानिन्छ । आईएसओ व्यवसाय तथा उत्पादन र सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारितालाई विशेष प्राथमिकता दिएर प्रमाणित गर्ने एक स्वतन्त्र संगठन हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.