कला/मनोरन्जनकलिउड

"एउटा यस्तो प्रेम कहानी" रिलिजसंगै माघ १ गतेदेखि सिनेमा हल खुल्ने (आइटम गीतसहित)

कोरोना भाइरस संक्रमणका कारण गत चैत्रदेखि बन्द रहेका सिनेमा हलहरु आउँदो माघ १ गतेदेखि खुल्ने भएको छ । यही पुस १५ गतेदेखि खोल्ने भनिए पनि अब माघ १ गते खुल्ने निश्चित भएको छ भने खुलेलगत्तै नयाँ नेपाली चलचित्र “एउटा यस्तो प्रेम कहानी” रिलिज हुनेछ ।

नेपाल तथा पाकिस्तान, बंगलादेशमा समेत ख्याति कमाएका एक्सन किङ्ग शिव श्रेष्ठको “एउटा यस्तो प्रेम कहानी”बाट शिवका छोरा शक्ति श्रेष्ठ र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गरेका छन् ।

शिव श्रेष्ठ स्वयंको कथा रहेको यो चलचित्रमा शिवको विशेष र फरक खालको भूमिका रहेको बताइएको छ । माघ १ गते आफ्नो चलचित्र रिलिज हुने नायक श्रेष्ठले पनि फेसबुकबाट पुष्टि गरेका छन् ।

आइटम गीत

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.