विश्व समाचार

भारतमा दैनिक दोब्बरले बढ्दै कोरोना सङ्क्रमित, ओमिक्रोन समुदायस्तरमा फैलिएको पुष्टि

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या पुनः बढ्न थालेको छ । त्यहाँ दैनिक रुपमा हजारौंको संख्यामा सङ्क्रमित बढिरहका छन् । शुक्रबार मात्र १६ हजार ७६४ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ ।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख ३८ हजार ८०४ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये एक हजार २७० जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

सोही अवधिमा थप २२० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८१ हजार ८० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ९१ हजार ३६१ रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२६ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ५८५ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ६६ हजार ३३६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।३६ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ७८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४४ करोड ५४ लाख बढी डोज खोप लगाइएको जनाइएको छ ।

यसै गरी दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उहाँले बताउनुभयो ।

अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.