खेलफूटबल

भारतसँग नेपालको रोमाञ्चक बराबरी

नेपालको महिला फुटबल टोलीले भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा नेपालले घरेलु टोली भारतसँग २-२ को बराबरी खेलेको हो ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको निकै रोमाञ्चक खेलमा दुई गोलले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

त्यस्तै खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाईन् । तर, खेलको ९० औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन् । भारतकी स्विटी देवीले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा सावित्राले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ने २-२ गोलको बराबरी गर्दै नेपाललाई हारबाट जोगा ईन् । २०२४ को पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आगामी शनिबार हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.