क्रिकेटखेल

यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित

ओमानमा जारी आइसिसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि एक रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमात्र बनायो ।

यूएईका लागि अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ध्रुव पराशरले ३८ रन बनाए । नेपालको लागि दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र सोमपाल कामीको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालले समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

आज सुपर सिक्समा पहिलो खेल खेलेको नेपालले दोस्रो खेल कतारसँग २७ असोजमा, तेस्रो खेल २९ असोजमा घरेलु टोली ओमानसँग र अन्तिम खेल सामोआसँग ३१ असोजमा खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.