नेपाल र सामोआ भिड्दै, अपराजित रहँदै च्याम्पियन बन्ने योजनामा नेपाल
ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफि छनोटको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) सामोआसंग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा हुने खेल नेपाली समय अनुसार दिउँसाे ४ः१५ मा सुरु हुनेछ ।
टी-२० विश्वकपमा पुगिसकेको नेपाल आज सामोआलाई पाजित गर्दै अपराजित रहँदै च्याम्पियन बने योजनामा रहेको छ । यता सामोआ पनि नेपाललाई पराजित गर्दै जितका साथ प्रतियोगिताको अन्त्य गर्न योजनाका साथ मैदान उत्रदैछ ।
समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको नेपालले सुपर सिक्समा युएई, कतार र ओमानविरुद्ध जित हासिल गरेको थियो । नेपाल चार खेलमा आठ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने अंक विहिन सामोआ तालिकाको पुछारमा रहेको छ ।
सामोआले सुपर सिक्समा कुनै पनि खेल जितेको छैन भने समूह चरणमा पपुवा न्यु गिनी (पिएनजी) लाई मात्र पराजित गरेको थियो । टी-२० अन्तर्राष्ट्रियमा नेपाल र सामोआ पहिलो पटक भिड्न लागेको हुन् ।





प्रतिक्रिया राख्नुहोस्