क्रिकेटखेल

आईसीसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकाविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने त्रिकोणत्मक एकदिवसीय शृंखला अन्तर्गत आफो पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा सुरु हुँदैछ । सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली यूएईको सहभागिता रहेको छ । नेपाल आज अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रदै छ भने यता अमेरिका पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुनेछ । आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग, अमेरिकासंग दोस्रो खेल १ नोभेम्बरमा तथा अन्तिम खेल र यूएईविरुद्धको दोसो खेल ५ नोभेम्बरमा खेल्ने कार्यतालिका रहेको छ ।

अमेरिका र युएईविरुद्ध हुने विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गत शनिबार नै रोहित पौडेलको कप्तानी र दीपेन्द्रसिंह ऐरीको उपकप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

टोलीका सदस्यहरुमा सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलम रहेका छन्।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपाल १६ खेलमा पाँचमा जित तथा नौमा हारका साथ १२ अङ्क जोडेको छ । दुई खेल वर्षाका कारण हुनसकेको थिएन ।

यस्तै अमेरिका हालसम्म खेलेका २० खेलमध्ये १४ मा जित र छमा हारका साथ २८ अङ्क जोडेदै दोस्रो स्थानमा छ । त्यस्तै हालसम्म १६ खेल खेलेको युएई भने तीनमा जित र १३ हारसहित छ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.