राजनीति

प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ दिउँसो साढे दुई बजे

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले डा. सुधा गौतम, खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ र बब्लु गुप्तालाई मन्त्रीको लागि सिफारिस गर्नुभएको बालुवाटार स्रोतले जानकारी दियो ।

गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी, सुनारलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी, श्रेष्ठलाई भूमिसुधार मन्त्रालय मन्त्रालयको जिम्मेवारी दिइने बालुवाटार स्रोतले बताएको छ । यस्तै गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो साढे दुई बजेको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.