जन सरोकार

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बेनीनगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको २०६२ असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले अयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले घटना भएकै राति फरार भएका ठहरबहादुरलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाइ हुन् । घरमा सुतिरहेका कर्णबहादुरलाई उनले दाउराले हानेर हत्या गरेको र उहाँकी श्रीमतीलाई समेत दाउराले हानेर गम्भीर घाइते बनाई गरगहना लुटेर भागेर भारत गएको अभियुक्त घर्तीले बयान दिएको प्रहरीले जनाएको छ ।

घटनापछि अभियुक्त घर्ती पाँच वर्ष भारतको मुम्बई बसेका थिए भने त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गर्नुका साथै देशका विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरी लुकीछिपी घर आउनेजाने गरेको पाइएको छ ।

घर्तीलाई प्रहरीले यही कात्तिक १ गते पक्राउ गरी मुलुकी अपराधसंहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

अभियुत्त घर्ती क्षेत्री यसअघि पनि जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । विसं २०५९ पुसमा जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकामा २०६० चैत ७ गते तत्कालीन विद्रोही माओवादीले गरेको बेनी आक्रमणका क्रममा कारागारबाट भागेर फरार भएका थिए ।

जिल्ला अदालत म्याग्दीले २०६६ जेठ १६ गते घर्ती क्षेत्रीलाई जबर्र्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.