विश्व समाचार

इजरायलद्वारा युद्धविरामको “नयाँ अध्यायको“ घोषणा

इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको“ घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा “आतंककारी साइटहरू“ र हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

मङ्गलबार इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहूले सेनालाई “गाजा पट्टीमा तुरुन्तै बलपूर्वक आक्रमण गर्न“ निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आईडीएफले इजरायली सुरक्षा एजेन्सी (आइएसए) सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेकोसमेत बताएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले पुनः हवाई आक्रमण गरे पनि गाजा युद्धविराम कमजोर नहुने बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.